सीसीएमसी बैठक आज २ बजे बस्दै, के शैक्षिक संस्था खोल्ने/नखोल्ने बारे निर्णय होला?

बैशाख ४,  कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक आज दिउँसो २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

बैठकमा बढ्दो कोरोनाको सङ्क्रमण जोखिम र जोखिम कम गर्ने विषयमा छलफल हुने भएको छ ।

नयाँ प्रजातिको कोरोना भाईरस समुदायमा फैलिएको र यसबाट बालबालिका उच्च जोखिममा रहेको भनेर शिक्षिक संस्था बन्द गर्न दबाब आईरहेको बेला आज बैठक बस्न लागेको हो ।

शुक्रबार संसदीय समितिले पनि तत्काल बन्द गर्न सरकारलाई शुक्रबार निर्देशन दिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार हिजो मात्र  ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

तपाईको प्रतिक्रिया