बैशाख ४, काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।
प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा छलफलका लागि संसद्मा रहेका राजनीतिक दलहरूको बैठकमा कांग्रेसका शिर्ष नेता उपस्थित रहेको छ भने पुष्प कमल दाहाल (प्रचण्ड)- माधव कुमार नेपाल अनुपस्थित रहेका छन्।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहित ४ जना सहभागी भएका छन् ।
प्रचण्डलाई प्रधानमन्त्रीले सर्वदलीय बैठक भनेर उल्लेख नगराएको एक नेताले जानकारी दिएका छन् भने माधव कुमार नेपाललाई निमन्त्रणा नै नआएको जानकारी गराएका छन् ।
जनता समाजवादी पार्टीका महन्थ ठाकुर, सहभागी छन् भने जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने बोलाइएको छैन ।
सर्वदलीय बैठकमा राप्रपा, मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका नेता पनि सहभागी छन् ।