बैशाख ३, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ९ सय जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५५३७ पिसिआर परिक्षणबाट ८ सय ३६ र ६२१ एन्टिजेन परीक्षणबाट ६४ गरी जम्मा ९ सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ४ जनाको मृत्यु भएको छ ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेका छन् भने ३ हजार ७० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ सय ८ जना निको भएर घर फर्किएका छन् भने आज सम्ममा कुल २ लाख ७४ हजार ८ सय १२ जना घर फर्केका छन् ।
नेपालमा अहिले सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ८ जना रहेका छन् ।