प्रभावित विद्यालय बन्द गर्न/ नगर्ने निर्णय कोभिड संकट व्यवस्थापन केन्द्रलाई: शिक्षा मन्त्रालय

बैशाख ३, काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित विधालय बन्द गर्न/ नगर्ने निर्णय गर्न अधिकार जिल्ला  कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएको छ ।

शुक्रबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा बसेको बैठकले कोरोना संक्रमणका हिसाबले अति जोखिममा रहेका भनी पहिचान गरेका जिल्ला र सहरमा डीसीसीएमसीको समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम विद्यालय बन्द गर्ने नगर्ने निर्णय गर्न शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।

शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा  बिधालय संचालन तथा पुन: संचालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा- २०७७ मा तोकिएका विधि तथा प्रक्रियाहरूको पालना गर्नुका साथै विद्यालयहरु बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइ क्रियाकलापहरुलाई निरन्तरता दिनुहुन आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया