काठमाडौँ सहित १४ जिल्ला अति प्रभावित घोषणा, सरकारी अस्पताललाई कोभिड–१९ सम्बन्धी निःशुल्क सेवा प्रवाह गर्न आग्रह

बैशाख २, काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ सहित १४ जिल्ला अति प्रभावित वर्गीकरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार जारी गरेको विज्ञप्तीमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति प्रभावित मानेको छ। यी जिल्लाका भिडभाड हुने क्षेत्र तथा सेवाहरु बन्द गर्न आग्रह गरेको छ  । विद्यालय, रात्रिकालीन व्यवसाय, सात बजेपछि सबै रेष्टुरेन्ट, क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा, जात्रा, सभा, सम्मेलन, बैठक, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, स्वीमिङ पुल, हेल्थ क्लब हरुमा सहभागी नभईदिनु हुन आग्रह गरेको छ।

नियमित रुपमा अस्पतालमा आइरहेका सेवाग्राहीलाई कोभिड-१९ संक्रमण पुष्टि भएमा मात्रै अन्य अस्पतालमा पठाउन भनिएको छ ।

सबै सरकारी अस्पताललाई कोभिड–१९ संक्रमितलाई व्यवस्थापन गर्न तोकिए अनुसार निःशुल्क सेवा प्रवाह गर्नको लागि आग्रह गरिएको छ ।

नीजि प्रयोगशाला तथा अस्पतालले कोरोना परीक्षण तथा उपचारका लागि तोकिए भन्दा बढि शुल्क नलिन आग्रह गरिएको छ ।

बालबालिका, गर्भवती, सुत्केरी महिला, अपांगता भएका व्यक्तिहरु, ज्येष्ठ नागरिकहरुको लागि उपचारमा उच्च प्राथमिकता दिन आग्रह पनि गरेको छ ।

 

Published On:  162पटक हेरिएको

तपाईको प्रतिक्रिया