बैशाख २, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ सय ३४ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३५८५ पिसिआर परिक्षणबाट ४ सय ९० र ५६४ एन्टिजेन परीक्षणबाट ४४ गरी जम्मा ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ५ जनाको मृत्यु भएको छ ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख ८२ हजार ५४ जना पुगेका छन् भने ३ हजार ६६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ सय ५७ जना निको भएर घर फर्किएका छन् भने आज सम्ममा कुल २ लाख ७४ हजार ६ सय ४ जना घर फर्केका छन् ।
नेपालमा अहिले सक्रिय संक्रमितको सङ्ख्या ४ हजार ३ सय ८४ जना रहेका छन् ।