रु रु जलविद्युतको आइपिओ भोलि शुक्रबार बाँडफाँड हुने

बैशाख २, काठमाडौँ- रु रु जलविद्युतको प्राथमिक सेयर (आइपिओ) भोलि शुक्रबार बाँडफाँड हुने भएको छ।

चैत्र २० गते देखि २४ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण भोलि बिहान साँढे ८ बजे बाँडफाँड हुने भएको छ ।आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक  एनएमबि क्यापिटल रहेको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशनमा ल्याएको थियो।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिएका थिए।

 

तपाईको प्रतिक्रिया