बैशाख २, काठमाडौँ- नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो ।
बोर्डको स्वीकृति संगै सीईडीबी २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ जारी गर्ने भएको छ । 
एक सय रुपैयाँ अंकति मूल्यमा कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निस्कासन गर्न बोर्डले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्रीका लागि प्रबन्धक सनराईज क्यापिटल रहेको छ ।





