बैशाख २, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर जग्गाको नक्शा प्रिन्ट गर्न सकिने “मेरो कित्ता प्रणाली”को उद्घाटन गरेका छन् ।
ईन्टरनेटको माध्यमबाट आफ्नो जग्गाको नक्सा, प्लट रजिस्ट्रर, फिल्डबुक प्रिन्ट र फिल्ड रेखांकन निवेदन सेवा अनलाइनबाटै पाउने यो प्रणालीको बिहिबार एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् ।
‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर जग्गाधनी प्रमाणपुर्जा र नागरिकता पेश गरेर आवश्यक निर्देशनको पालना गरी विधुतीय मध्यम कनेक्ट आइपीएस (ConnectIPS) मार्फत पैसा भुक्तानी गरी घरमै बसेर सेवा लिन सकिने व्यवस्थाको सुरुवात गरिएको हो ।
नापी विभागका अनुसार हाललाई यो सेवा डिल्लीबजार, कलंकी र भक्तपुरमा सुरु भएको छ। यही आर्थिक वर्षमा यो प्रणालीलाई देशभरी सञ्चालनमा ल्याइने जानकारी दिइएको छ।