गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बैशाख २, काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

गण्डकी प्रदेशसभा सचिवालयमा विपक्षी दलहरूहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

गण्डकी प्रदेश सरकार विरूद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने भएपछि प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको जानकारी दिएका थिए ।

यसका बाबजुद पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

तपाईको प्रतिक्रिया