मध्यरातमै गण्डकी प्रदेशले गर्यो प्रदेशसभाको अधिवेशन अन्त्य

बैशाख २, काठमाडौँ- गण्डकी प्रदेशले मध्यरातमै  प्रदेशसभाको अधिवेशन अन्त्य भएको सूचना जारी गरेको छ ।

गत चैत २५ गतेदेखि शुरु भएको संसदको अधिवेशन बैशाख १ गते मध्यरातमा सूचना टाँस गरी स्थगित भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको जानकारी दिएका हुन् ।

गण्डकी प्रदेश सरकार विरूद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने भएपछि मध्यरातमै संसद अधिवेसन अन्त्य भएको छ।

कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टी मिलेर बिहिबार नै प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरूद्ध अविश्वासको प्रस्ताव दर्ता हस्ताक्षर संकलनको तयारी भईरहेको थियो ।

तपाईको प्रतिक्रिया