देशभर ६ सय ३ जनामा संक्रमण पुष्टी, काठमाडौँ उपत्यकामा मात्र २ सय ५४

चैत्र ३१, काठमाण्डौ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ सय ३ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ४९८९ पिसिआर परिक्षणबाट ५ सय ८० र ४५१ एन्टिजेन परीक्षणबाट २३ जना गरी जम्मा ६ सय ३ कोरोना संक्रमण पुष्टी भएको जसमा काठमाडौँ उपत्यकामा मात्र २ सय ५४ जनामा संक्रमण देखिएको छ

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ सय २९ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको सङ्ख्या ४ हजार ५६ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया