नायिका ऋचा शर्मा आमा बन्दै

बैशाख १, काठमाडौँ- नायिका ऋचा शर्मा आमा आमा बन्ने भएकी छन्।

नयाँ बर्षकै दिन बिहान ऋचा शर्मा आफ्नो फेसबुक मार्फत् आफू गर्भवती भएको खुलाएकी हुन्।

श्रीमान दीपेक्ष राणासँगै बिरुवामा पानी हालिरहेको तस्बिर राखेर  ऋचाले आमा बन्न लागेको जानकारी सार्वजनिक गरेकी हुन्।

ऋचाले अहिले पेटभित्र हुर्कँदै गरेको सन्तानबारे भावनात्मक सन्देश लेखेकी छन्।

“आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ। आज तपाईंहरु माँझ यो ख़ुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, “छोरी आज ठुली भई।”

 

तपाईको प्रतिक्रिया