ज्यान मुद्दाका फरार कसुरदार १८ वर्षपछी पक्राउ

चैत्र ३१, बर्दिया – कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार कृपाराम खटिकलाई १८ वर्षपछी प्रहरीले पक्राउ गरेको छ ।

उनले २०६० साल कात्तिक १० गते खटिक लगायत ९ जनाले सोह बढैयाताल गाउँपालिका-३ बस्ने जितबहादुर गोदार क्षेत्रीको हत्या गरेका थिए।

यस मुद्दाका मुख्य कसुरदार कृपाराम खटिकलाई चैत्र ३० गते बर्दिया बढैयाताल गाउँपालिका वडा नं.३ बाट पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा उपस्थित गराईएको र सम्मानित अदालतबाट जिल्ला कारागार कार्यालय बर्दियामा चलान गरिसकिएको ।

बञ्चरो प्रहार गरी हत्या पश्चात तत्कालै भारत तर्फ भागेको उनि ९ बर्षदेखी भारतको रुपैडिया मोहनपुरमा घर बनाई स्थायी रुपमा परिवार सहित वसोबास गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया