रामचन्द्र पौडेललाई पारिवारिक शोक, कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

चैत्र ३०, काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । दिउँसो २ बजे सानेपा स्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक स्थगित भएको छ ।

आजको बैठकमा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम गर्ने समय आजसम्म रहेको र बैठकले सदस्यता बाँड्ने समय थप गर्ने बताइएको थियो। अर्को बैठकको मिति तोकिएको छैन।
वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया