चैत्र ३०, काठमाडौँ- कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) को संक्रमण उच्च जोखिमं रहेको बेला शैक्षिक संस्था खोल्ने कि बन्द गर्ने भन्ने विषयमा निर्णय लिन बसेको शिक्षा मन्त्रालय र सरोकारवाला बीच बार्ता सकिएको छ ।
सरोकारवालाहरुले तत्काल बिधालय बन्द नगर्ने, स्वास्थ्य मापदण्ड लागू गरेर विधालय संचालन सर्न सुझाव दिएका छन् । शनिबार बसेको कोभिड संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठकले तीन साता विद्यालय बन्द गर्ने सरकारलाई प्रस्ताव गरेको थियो ।
छलफलमा उठेका कुराहरुलाई सरकार समक्ष पुर्याउने मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।