थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टी, १ जनाको मृत्यु

चैत्र २९ , काठमाण्डौ-  पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ सय ३ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार १ सय २५ जनामा गरिएको नमुना पिसिआर परिक्षणबाट ३ सय ३ जनामा कोरोना संक्रमित पुष्टी भएको छ। थप १ जनाको मृत्यु भएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ८० हजार २८ जना पुगेका छन्  भने ३ हजार ४० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ सय ४१ जना निको भएर घर फर्किएका छन् भने आज सम्ममा कुल २ लाख  ७४ हजार २७ जना घर फर्केका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको सङ्ख्या २ हजार ९ सय ६१ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया