२०७८ बैशाख १ गते दिईने विभूषणमा नयाँ नक्शा अंकित हुनेछ: गृह मन्त्रालय

चैत्र २८, काठमाडौँ- राष्ट्रिय जीवनमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्दा अब नयाँ नक्शा अंकित विभूषण दिने भएको छ ।

गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा २०७८ वैशाख १ गते हुने समारोहमा वितरण गरिने विभूषणमा नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा नै राखिने स्पष्ट पारेको हो । शुक्रबार वितरण गरिएको विभूषणमा नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालय २०७७ बैशाख १ मा वितरण हुन सम्भव नभएकोले अहिले सुशोभन भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया