चैत्र २८, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि सावधानी भएन भने फेरि लकडाउनमा पुग्दैनौ भन्ने के ग्यारेन्टी छ भनेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवस कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानन्त्रले उद्योग व्यवसायीका लक्ष्यले सरकार समेतको लक्ष्य भएको बताउनुभयो। सरकारले उद्योग व्यवसायलाई अघि बढ्न बाधा पार्ने कानुनी प्रावधान र विलम्बकारी प्रशासनिक प्रक्रियालाई बदल्ने बताएका छन् ।
देशले लामो समयदेखि चुनौतिको रुपमा झेलेको व्यापार घाटाको नियमति वृद्धिमा हाल नियन्त्रण हुदै गएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब यो क्रमशः कम हुँदै जाने समेत बताए ।
‘उद्योग बाणिज्य क्षेत्रमा हड्ताल जस्ता समस्या समाधान गरिएको छ र सबै भन्दा महत्वपूर्ण कुरा नेपालबाट अब हिंसाको राजनीति समाप्त भएको छ’, प्रधानमन्त्रीको भनाई थियो । उद्योग बाणिज्यका हिसाबले भन्ने हो भने यो शान्ति भन्दा अनुकुल बातावरण अरु नहुन पनि भनेका छन् ।
गत एक वर्ष अवधिमा कोभिड १९ ले पारेको बाधाले समृद्धि प्राप्तिको रफ्तार घटेको भनाई पनि प्रधानमन्त्रीको थियो । अब पनि कोभिडलाई सावधानी पुर्वक सामना गर्नु बाहेक अरु उपाय प्रभावकारी नभएको बताउँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘सावधानी भएन भने फेरि लकडाउनमा पुग्दैनौ भन्ने के ग्यारेन्टी ’ ।
छिमेकी मुुलुक भारतमा एकै दिन डेढ लाख जनामा कोरोना संक्रमण भएको उल्लेख गर्दै आफ्ना उद्योग व्यवयाय अनुशासित ढंगलले चलाउन पनि आग्रह गरे ।
सरकार सन् २०३० अगावै नेपालको विकास लक्ष्य पूरा गर्न लागि परेको बताउँदै निर्दिष्ट लक्ष्य तोकेरै मात्र अघि बढिएको पनि बताए ।