चैत्र २७, काठमाण्डौ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ सय ३७ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट ३ सय ३७ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख ७९ हजार ७ सय २५ जना पुगेका छन् भने ३ हजार ३९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ सय ५१ जना निको भएर घर फर्किएका छन् भने आज सम्ममा कुल २ लाख ७३ हजार ८ सय ८६ जना घर फर्केका छन् ।
नेपालमा अहिले सक्रिय संक्रमितको सङ्ख्या २ हजार ८ सय रहेका छन् ।