चैत्र २८, काठमाडौँ- नेपाल पत्रकार महासंघको बुधबार भएको चुनावमा बिपुल पोखरेल अगाडी रहेका छन् । पोखरेलले ५ हजार ३ सय ३१ मत प्राप्त गरेर जित सुनिस्चित गरेका हुन् ।
महासंघकाअनुसार अध्यक्षमा पोखरेल भारी मतले अगाडी रहेका छन् त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, महासचिवमा रोशन पुरी, उपाध्यक्ष समावेशीमा उदय जिएम अगाडी रहेका छन्, त्यस्तै, खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिबासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने अगाडी रहेको महासंघको मतको प्रारम्भिक विवरणले जनाएको छ ।
आज साँझ ५ बजे महासंघले पत्रकार सम्मेलन गरी अन्तिम परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।