कोभिड-१९ नियम उल्लंघन गरेको आरोपमा नर्वेकि प्रधानमन्त्रीलाई २० हजार क्रोनर जरिवाना

चैत्र २८, एजेन्सी- नर्वेका प्रधानमन्त्री एर्ना सोलबर्गलाई कोरोना भाइरस सामाजिक दूरीका नियमहरु उल्लंघन गरेको आरोपमा २० हजार क्रोनर (२ हजार ३ सय ५२ डलर) जरिवाना गरिएको छ । 

प्रहरीका अनुसार सोलबर्गले फेब्रुअरी २७ जन्मदिनको अवसरमा १३ जना पारिवारिक सदस्यहरु भेला गराई पार्टी आयोजना गरेको थियो ।  जहाँ सरकारले १० जना भन्दा बढि भेला हुन रोक लगाएको थियो ।

प्रधानमन्त्री सोल्वेगले गत महिना फेब्रुअरीको माउन्ट रिसोर्टमा १३ परिवारका सदस्यहरूसँग ६०औं जन्मदिनको अवसरको आयोजनको लागि माफी मागेर तोकेको जरिवाना तथा कारबाही भोग्न तयार रहेको बताएकी थिइन । 

शुक्रबार उनलाई कोभिड-१९ नियम उल्लंघन गरेको आरोपमा २० हजार क्रोनर जरिवाना तोकिएको थियो । 

तपाईको प्रतिक्रिया