चैत्र २७, काठमाडौँ– मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा कन्काई न.पा. वडा नं. ५ स्थायी घर भई जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं. ९ जोरपाटी, माकलबारी बस्ने बर्ष ३८ को राजन भन्ने जगत बहादुर राई रहेका छन् ।
प्रहरीका अनुसार खाडी मुलुक ओमानमा घरेलु कामदारको रुपमा रोजगारी दिलाउने प्रलोभनमा पारी, पिडींतको कमजोर शैक्षिक अवस्थाको फाईदा उठाई विना श्रम स्वीकृति, गैह्रकानुनी तरिकाले रु ३,५०,००० रकम अशुल गरी भिजिट भिसामा अर्कै मुलुक यू.ए.ई.को दुबई पुर्याएका थिए ।
राईलाई दोषी ठहर गर्दै उल्लेखित सजाय र निजबाट पिडींतलाई रु. ५ लाख क्षतिपूर्ति भराई दिने समेत काठमाडौँ जिल्ला अदालतबाट फैशला भएको थियो ।