चैत्र २७, काठमाडौँ- सिंगटी हाइड्रोपावरको साधारण शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँट भएको छ ।
चैत्र ६ गते देखि १० गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर केहि ढिला गरी बाँडफाँड भएको छ । आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड तोकिएको छ ।
कम्पनीले २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो भने बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो ।
भाग्यमानी २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन्। १६ लाख २३ हजारले आवेदन दिएका थिए। साढे १३ लाखको हात रित्तो हुनेछ।
आईपीओ रिजल्ट केहि बेरमा सीडीएससीको वेबसाइट www.iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ।