चैत्र २७, काठमाडौं- स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्थाहरुलाई भौतिक उपस्थितिमा कक्षा बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।
पछिल्लो समयमा नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको र विद्यार्थीहरुमा पनि यस किसिमको भाइरस देखिन थालेकोले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ । यो प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकिएको छ ।
विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले बताए।
काठमाडाैं विश्वविद्यालयले पनि गत बिहिबार देखी नै अनलाइन पठन पाठन गर्ने निर्णय गरेको छ ।