देशभर ३ सय ३२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

चैत्र २६, काठमाण्डौ-  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर ३ सय ३२ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट ३ सय ३२ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७९ हजार १ सय  जना पुगेका छन्  भने ३ हजार ३८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ७९ जना निको भएर घर फर्किएका छन् भने आज सम्ममा कुल २ लाख  ७३ हजार ६ सय ८ जना घर फर्केका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको सङ्ख्या २ हजार ४ सय ५४ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया