चैत्र २६, काठमाडौँ- सिंगटी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) भोलि चैत्र २७ शुक्रबार बाँडफाँड हुने भएको छ।
चैत्र ६ गते देखि १० गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर केहि ढिला गरी बाँडफाँड हुने भएको छ ।आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड तोकिएको छ ।
भाग्यमानी २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन्। १६ लाख २३ हजारले आवेदन दिएका थिए। साढे १३ लाखको हात रित्तो हुनेछ।