म्यानमारका नागरिकको जीवन रक्षाका लागि मैनवत्तीसहित प्रदर्शन 

चैत्र २६, काठमाडौँ-  म्यानमारका नागरिकको जीवन रक्षाका लागि शान्तिवादीहरुले आँखा÷निधारमा कालोपट्टी बाँधी मैनवत्ती बोकेर चैत २५ गते साँझ काठमाण्डौ बौद्धमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागिहरुले बर्मा नागरिकको जीवन रक्षा गर, शान्ति बहाली गर, लोकतन्त्र बहाली गर, मानवता विरुद्धको अपराध अन्त्य गर, मानव अधिकार उल्लंघन बन्द गर, बर्मेली जनताप्रति ऐक्यवद्धता, सैनिक शासन खारेज गर लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा संस्थापक सभापति कृष्ण पहाडी,  गोकर्णेश्वर न.पा.का उपमेयर शान्ति नेपाल, वडा अध्यक्ष रमेश अर्याल, नारायण सुवेदी, राजीव थापा, मनोज ढुंगाना, वडा सदस्य सत्यभाावा श्रेष्ठसहित जनप्रतिनिधिहरुले समेत प्रदर्शनमा सहभागी भई ऐक्यवद्धता जनाउनुभएको थियो ।
यसैगरी चैत २५ गते साँझ शान्ति समाजका दाङ, पाल्पा र चितवन शाखाले पनि बर्माका नागरिकको जीवन रक्षा तथा बर्मामा शान्ति र लोकतन्त्रको बहालीको मागसहित तुलसीपुर, तानसेन र भरतपुरमा प्रदर्शन गरेका छन् भने चैत २४ गते शान्ति समाजका रौतहट र बाजुरा शाखाले प्रदर्शन गरेका थिए ।
बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ र विभिन्न जिल्लामा २० भन्दा बढी प्रदर्शनहरु आयोजना गरिसकेको छ ।

तपाईको प्रतिक्रिया