भारतमा एकै दिन १ लाख २६ हजार जनामा कोरोना पुष्टी, ६ सय ८५ को मृत्यु

चैत्र २६, एजेन्सी-भारतमा २४ घण्टामा  १ लाख २६ हजार बढी मानिसमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ भने ६ सय ८५ जना संक्रमितको मृत्यु भएको छ।

यो संख्या गत नोभेम्बर यता पछीकै उच्च रहेको छ । अहिले सम्म १२ करोड ९ लाख २६ हजार ६१ जनामा संक्रमण भईसकेको छ भने १ लाख ६६ हजार बादीको मृत्यु भईसकेको छ । ९ लाख बढि सक्रिय संक्रमित रहेका छन् ।

भारतमा कोरोना संक्रमण विस्तारसँगै नेपालमा पनि जोखिम बढेको छ ।

कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ।

तपाईको प्रतिक्रिया