निजामती प्रशासन झिँगे टसाइ सोचबाट मुक्त हुन सकेको छैन: उपप्रधानमन्त्री इश्वर पोखरेल

चैत्र २५, काठमाडौँ- उपप्रधानमन्त्री इश्वर पोखरेलले निजामती प्रशासन झिँगे टसाइ सोचबाट मुक्त हुन सकेको छैन भन्ने धारणा राखेका छन् ।

बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा निजामती प्रशासन भित्र रहेको एउटा प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म झिङ्गे टसाइ सोचबाट मुक्त हुनसकेको छैन’ भन्ने बताएका छन् ।

निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियामुखी भएर सेवा प्रवाह गर्ने कोशिश गरिरहेका छौं जसले विडम्बना पूर्ण परिणाम ल्याएको छन् भन्ने टिप्पणी दिएका छन् ।

शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिकमैत्री कार्य शैली बाट लोकप्रिय बनाएमा मात्र उक्त जिम्मेवारी र दायित्व पुरा हुने सक्ने बताए ।

लोकतन्त्रलाई जनताको घर दैलो सम्म पुर्याउने जिम्मेवारी कर्मचारीतन्त्रको हो, जनताको घर दैलो सम्म पुगेको प्रशासनले मात्र सुशासनको अनुभूति दिन सक्दछ भन्ने कुरा हामीले विश्वास गर्दछौ भनेका छन् ।

ढिलासुस्ती, भष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिच्किचाउनु, समस्या संग तर्सने, राम्रो उदेश्यको लागि पनि जोखिम बोक्ने नचाहने प्रवृति जन्य संस्कारका कर्मचारीतन्त्रमा पलाउदै गएका छन् भन्ने आम नागरिकको बीचमा दुरी बढाउदै लगेको छ भन्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया