काठमाडौँ उपत्यकामा १६३ सहित ३ सय ३९ जनामा कोरोना पुष्टी

चैत्र १४, काठमाण्डौ-  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर ३ सय ३९ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ४ हजार १ सय नमुना पिसिआर परिक्षणबाट २ सय ९८ र १ हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१  जनामा जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

उपत्यकामा मात्र १६३ जनामा संक्रमण पुष्टी भएको छ जसमा काठमाडौँमा १३२, भक्तपुर ५ र ललितपुरमा २६ जना रहेका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको सङ्ख्या २ हजार २ सय १ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया