कतिमा भयो ज्योति लाइफ इन्स्योरेन्सको पहिलो शेयर कारोबार

चैत्र २५, काठमाडौँ- ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा पहिलो कारोबार भएको छ ।

पहिलो दिन बुधबार इन्स्योरेन्सको प्रतिकित्ता शेयर ३६० मा प्री-ओपनिङ्ग भएको थियो। केहि समयमा २८ रुपयाँले बढेर ३८८ रुपयाँमा कारोबार भईरहेको छ । यो कम्पनीको सुरुआती कारोबारका लागि नेप्सेले १२०.२९ रुपैयाँदेखि ३६०.८७ रुपैयाँ रेन्ज तोकेको थियो। जेएल आई (JLI) संकेतबाट ज्योति लाइफ इन्स्योरेन्सको कारोबार हुनेछ।

फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म साधारण सेयरका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

 

Published On:  161पटक हेरिएको

तपाईको प्रतिक्रिया