चिनियाँ खोप लगाईदै, कहाँ-कहाँ बाट लगाउन सकिन्छ?

चैत्र २५, काठमाडौँ- चीन सरकारले नेपाल सरकारलाई अनुदानमा दिएको कोरोना विरुद्धको भेरोसेल खोप बुधबार देखि लगाइँदैछ।

चिनियाँ अनुदानको खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारी लगायतका व्यापारी, प्राध्यापक लगायतलाई लगाउने तयारी भएको छ।

कहाँ कहाँ बाट लगाउन सकिन्छ

वीर अस्पताल रत्नपार्क, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल बानेश्वर, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र क्रितिपुर, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौ मेडिकल कलेज सिनामंगल,  त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल पानीपोखरी, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिल र क्षेत्रपाटी नि:शुल्क चिकित्सालय क्षेत्रपाटीबाट यो खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया