नेपाल पत्रकार महासंघको निर्वाचनका लागि मतदान हुदै, कहाँ-कहाँ हुदै छ मतदान

५ चैत, काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचनको लागि मतदान भईरहेको छ । मतदान बिहान ९ बजेदेखि देशैभर सुरु भएको हो | मतदान सांझ ५ बजे सम्म गर्न सकिने छ ।

समितिका अनुसार यस वर्ष जिल्ला र प्रतिष्ठानमा मतदानस्थल तोकिएको छ । उपत्यकामा काठमाडौँ पत्रकार शाखाका सदस्यका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानस्थल तोकिएको छ । यस्तै एशोसिएटका लागि दशरथ रंगशालामा मतदानस्थल तोकिएको छ भने प्रतिष्ठानका लागि विभिन्न मिडिया हाउसमा मतदानस्थल तोकिएको छ ।

पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत केन्द्र, प्रदेश र शाखा कार्यसमितिको निर्वाचनलाई स्वस्थ्य, मर्यादित र व्यवस्थित बनाउन महासंघका सबै शाखा, प्रदेश र केन्द्रका निकायसहित आम पत्रकार साथीहरूमा समितिले आह्वान गरेको छ ।

महासंघमा १३ हजार बढी मतदाता छन्।

कहाँ कहाँ हुदै छ मतदान

 

तपाईको प्रतिक्रिया