एमाले प्रवेश गरेका ओलीका ४ सांसदलाई सांसद पद खारेज गर्न माओबादी केन्द्रको पत्राचार

चैत्र २४, काठमाडौँ- नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी एमाले प्रवेश गरेका ओलीका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र माओबादी केन्द्रले संघीय संसद् सचिवालयमा बुझाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय समितिका सदस्यहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र  गौरीशंकर चौधरी एमाले प्रवेश गरेकाले उनीहरुमाथि कारबाही गर्न माओवादीले पठाएको पत्र दर्ता भएको जानकारी दिएको छ।

मओवादी केन्द्रले उनीहरुलाई पार्टीको साधारण सदस्य पनि नहरने गरी निश्कासन गरेको छ । पार्टीले कारवाही गरे संगै उनीहरु सांसद रहने छैनन् ।

ओली सरकारमा टोपबहादुर रायमाझी ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री, प्रभु साह शहरी विकास मन्त्री, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री  र गौरीशंकर चौधरी श्रम मन्त्री रहेका छन् ।

केन्द्रले यी मन्त्रीहरुलाई  पार्टीमा फर्कन पटक पटक निर्देशन दिएको थियो । माओवादी त्यागेको बरु सांसद पद गए पनि केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमै रहने निर्णय लिएका थिए।

 

 

 

तपाईको प्रतिक्रिया