चैत्र २३, काठमाडौँ- आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा अनिवार्य एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको छ ।
काठमाडौँ प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्ने हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्ने व्यवस्था गरेको छ । यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ।
यस्तो छ निर्णय