६१ लाख जरिवाना नतिरी फरार प्रतिवादी पक्राउ

चैत्र २३, काठमाडौँ- बैंकिङ्ग कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।

खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.-१५ घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नं.-९ गोठाटार बस्ने वर्ष ३४ को बरुण ढकाललाई आईतबार केन्द्रीय अनुसन्धान ब्युरोले पेप्सीकोला,काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको छ ।

५ दिन कैद र विगो बमोजिम रू.६१,५५,००० जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजू रही फरार रहेका उनिलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज काठमाडौं जिल्ला अदालतमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया