संघीय निजामती विधेयक आज संसदमा पेश हुदै

चैत्र २३, काठमाडौँ- संसदीय समितिबाट पारित संघीय निजामती विधेयक ९ महिना पछी आज संसदमा पेश हुदै छ |

सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेस हुने भएको छ ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ।

यस अघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट यो विधेयक बहुमतका आधारमा १५ असार २०७७ मा पारित भएको थियो ।

तपाईको प्रतिक्रिया