२०८१ भित्र याङ्ग्री र लार्केको पानी काठमाडौंमा आउँछः प्रधानमन्त्री ओली

चैत्र २०, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना औपचारिक रुपमा उद्घाटन गर्ने क्रममा आगामी ३ बर्ष भित्र याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने बताएका छन् ।

प्रधानमन्त्री ओलीले यस सम्बन्धमा काम अगाडी बढाउन मन्त्रालयलाई निर्देशन दिएका छन् । मेलम्चीको सुरुङ्ग भैसकेको हुनाले यी दुई खोला बाट पानी ल्याउन गारो नहुने बताउदै  यसलाई  ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन ।’ भनेका छन् ।

राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी निर्माण गरिएको  औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो धारण राख्नेका छन् ।

तपाईको प्रतिक्रिया