चोरी कार्यमा संलग्न ८ जना पक्राउ

चैत्र २०, बर्दिया- चोरी कार्यमा संलग्न ८ जनालाई बर्दिया प्रहरी कार्यालय टोलीले पक्राउ गरेको हो ।

गत चैत्र १४ गते राती बढैयाताल गाउँपालिका वडा नं. १ को वडा कार्यालयबाट ३ थान कम्पुटरको CPU सहित अन्य सामाग्रीहरु समेत चोरी भएको घटनाको बर्दियाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले प्रक्रेको हो ।

दिएको सुचनाको आधारमा प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको  टोलिले  मिति २०७७/१२/१७ गते उक्त चोरी भएका सामानहरु र उक्त कार्यमा संलग्न अन्य ५ जनालाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानमा थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया