रु रु जलविद्युत परियोजनाको आईपीओ खुल्यो, कति दिने आवेदन

चैत्र १९, काठमाडौँ-  रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण सेयर (आईपीओ) आजबाट निस्काशन शुरु भएको छ । सर्वसाधारणले आजबाट चैत्र २४ गते सम्म आवेदन दिन सकिने छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कति दिंने आवेदन 

कम्पनीको आइपीओ ३७ हजार ९१४ जनाले गोला प्रथाबाट १० कित्ता शेयर पाउनेछन् । यो कम्पनीमा कम्तिमा १० कित्ताका लागि आवेदन दिँदा उपयुक्त हुन्छ। १० कित्ताको लागि आवेदन दिँदा १२ सय रुपैयाँ बैंक खातामै ब्लक रहन्छ।

कसरी दिने आवेदन

आईपीओमा आवेदन दिनका लागि मेरो सेयरका लागि युजरनेम र पासवर्ड लिएको खण्डमा मेरो शेयरको मोबाइल एप र वेवसाइट www.meroshare.cdsc.com.np बाट आफैले भर्न सकिने छ

यदि मेरो सेयरका लागि युजरनेम र पासवर्ड नलिएको खण्डमा आफ्नो बैंक खाता भएको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ।

 

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush