देशभर १ सय ५२ जनामा कोभिड-१९ पुष्टी, थप १ जनाको मृत्यु

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट १ सय  ५२ जनामा जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७७ हजार ४ सय ६१ जना पुगेका छन्  भने ३ हजार ३१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ६५ जना घर फर्किएका छन् भने आज सम्ममा कुल २ लाख  ७२ हजार ८ सय ५१ जना निको भएर घर फर्केका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको सङ्ख्या १ हजार ५ सय ७९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया