हातहतियार तथा खरखजाना मुद्दाको फरार प्रतिवादी पक्राउ

चैत्र १९, काठमाडौँ- गत माघ १६ गते बर्दिया राष्ट्रिय निकुञ्जको गस्ति टोलिले भरुवा बन्दुक थान ३, ऐ.मा लाग्ने १७ थान गोलि र बारुद २०० ग्राम सहित गणेश बहादुर तिवारी र चक्र बहादुर विष्टलाई  नियन्त्रणमा लिएको छ |

सोही मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी जिल्ला सुर्खेत बराहताल गाउँपालिका वडा नं.२ सिस्नेरी बस्ने वर्ष ३६ को रविलाल मन्दिरलाई निरन्तर अनुसन्धान तथा निग्रानी गर्दै पक्राउ गरी आवश्यक कारवाहीको लागि मिति २०७७।१२।१९ गते सम्मानित बर्दिया जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षण गोपाल पौडेलले जानकारी दिएका छन् |

तपाईको प्रतिक्रिया