पहिलो डोजमा जुन भ्याक्सिन दिइएको हो, दोस्रो डोजमा पनि त्यहीः प्रधानमन्त्री ओली

चैत्र १९, काठमाडौँ – प्रधानमन्त्रीले कोभिड विरुद्ध पहिलो डोजमा जुन प्रकारको भ्याक्सिन दिइएको हो दोस्रो डोजमा पनि सोही प्रकारको भ्याक्सिन दिइने बताउनुभयो ।

केही व्यक्तिबाट दोस्रो डोज फरक कम्पनीको भ्याक्सिन दिइने भन्दै अन्यौल सृजना गर्ने ढंगले टिप्पणीहरु हुन थालेको तर्फ प्रधानमन्त्रीको संकेत थियो । ‘सरकारले दुईवटै डोज एउटै कम्पनीको दिने गरी व्यवस्था गरिसकेको छ’ ।

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत हउयान्छीले खोप हस्तान्तरण चिनियाँ राष्ट्रपति सि सिनपिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्तिबनाउने प्रतिबद्धताको कार्यान्वयन भएको बताउनुभयो । यसका साथै खोप हस्तान्तरण दुई देशबीच जनताको स्वास्थ्यप्रतिको प्रतिवद्धताको प्रतिक समेत भएको धारणा उहाँको थियो । चिनिया पक्ष प्रधानमन्त्री ओलीको नेतृत्वमा कोभिड १९ लाई परास्त गर्न गरिएका प्रयासबारे राम्ररी जानकार रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

कोरोना प्रकोपको सामान्यिकरण सँगै विकास योजना लगायत नेपाल र चिनबीचका दुई पक्षीय सम्बन्धका विविध आयामहरुले गति लिने विश्वास पनि उहाँको थियो ।

तपाईको प्रतिक्रिया