सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन

चैत्र १९, काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले नेता घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेताहरु पाण्डे र भुषाललाई स्पष्टीकरण चित्तबुझ्दो नदिएको भनि पार्टीको विधान २०४९ (संसोधित २०७१) को दफा ४९ (ख) बमोजिम ६ महिनाको लागि निलम्बन गरेका छन् |

चैत्र ७ गते बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको भेलाले नेकपा नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो । पाण्डे र भुषालले गत चैत्र १७ गते स्पष्टीकरण पठाएका थिए ।

माधवकुमार नेपाल र पूर्व उपाध्यक्ष भिम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरिएको छ।

भुसाललाई पठाएको पत्रमा ओलीले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु स्पष्टीकरणमा लेखेको पाइएको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया