चैत्र १९, काठमाडौँ- सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले बढेको छ । बुधबार ८५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ८६ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।
आजका लागि तेजावी सुनको प्रति तोला मूल्य ८६ हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ । बुधबार चाँदीको भाउ तोलामा ११ सय ९५ रुपैयाँमा कारोबार भएको आजका लागि १२ सय १० रुपैयाँ तोकिएको छ ।