चैत्र १९, काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत्र १७ गते दर्ता गरेको पुनरावलोकन निवेदनमा आज सुनुवाई हुने भएको छ ।
फागुनमा २३ गते ऋषि कट्टेलको मुद्दामा फैसला गर्दै सर्वोच्चअदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने गरेको फैशलामा बिरुद्द परेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहितको बेन्चले आज सुनुवाइ गर्ने भएको छ ।
प्रचण्डको पुनरावलोकन मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना रहेका छन् ।
आजको इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्ने छ।