सलमानको राधे बैशाख ३० बाट

एजेन्सी – सलमान खान अभिनित चलचित्र राधे आगामी वैशाख ३० गते रिलिज हुने भएको छ । मुस्लिम धर्मावलम्वीको पर्व इदको अवसरमा बिहिबार रिलिज हुन लागेको फिल्ममा सलमान सहित दिशा पटानी, रणदीप हुडा र ज्याकी श्रोफको प्रमुख भूमिका रहेको छ ।

सलमानले सामाजिक संजालमा फिल्मको नयाँ पोस्टर रिलिज गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । पोस्टरमासलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

Published On:  100पटक हेरिएको

तपाईको प्रतिक्रिया