चैत्र १३, काठमाडौँ- प्रदूषण र तुवालोका कारण भिजिबिलीटी कम भएपछि बन्द भएको आन्तरिक तथा बाह्य हवाइ सेवा साढे दुई घण्टापछि सुचारु भएको छ ।
शुक्रबार तुवाँलोका कारण दिउसो ३ बजे देखि त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै उडान बन्द भएका थिए ।
जहाज उडानका लागि ८ सय मिटरको भिजिविलिटी हुनुपर्छ । भिजिबिलीटी कम भएपछि हवाई सेवा अवरुद्ध भएको थियो । साना जहाज अवतरणका लागि एक हजार ६ सय मिटर भिजिविलिटी आवश्यक पर्छ भने ठूला जहाजको लागि २ हजार आठसय मिटर आवश्यक पर्छ ।