थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी, ४ जनाको मृत्यु

चैत्र १३, काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १ सय ५६ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट १ सय ५६ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७६ हजार ६ सय ६५ जना पुगेका छन्  भने ३ हजार २४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ७० जना घर फर्किएका छन् भने मंगलबार सम्ममा कुल २ लाख  ७२ हजार ३ सय ४२ जना निको भएर घर फर्केका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको सङ्ख्या १ हजार २ सय ९९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया